कालले भौतिकलाई पचाउँछ, कालले प्रजाको संहार गर्छ, सुत्दा पनि काल जागै हुन्छ र काल अजेय छ । -चाणक्य नीति
समय बलशाली भन्ने प्रसङ्ग यहाँ आएको छ । हामी वर्ष बितेको भन्छौं तर वर्षले बिताएको हामै दिन हो, उसको केही बिताएको छैन । नयाँ वर्ष आयो भन्छौं तर यसले हामीलाई ल्याएको केही हुँदैन । हामी आफैं जागरूक भयौं भने हरेक क्षण नयाँ पुरानो नभई प्रचुर कुराहरू हासिल गर्ने अवसर पाइराख्छौं । न पुरानो वर्ष थोत्रो भएको छ न नयाँ वर्ष नै टल्केर आएको हो । यो त हाम्रो सोच मात्रै हो । आफ्नो कर्तव्यका लागि हामी सधैं तयार रहँदा हरेक क्षण हाम्रा नयाँ वर्ष र दायित्वबाट पन्छंदै दोषारोपण गर्ने बानी हटाएन भने नयाँ वर्षले पो के देला र । (चाणक्य नीति बाट साभार)
No comments:
Post a Comment