Showing posts with label Parinirvana of Buddha. Show all posts
Showing posts with label Parinirvana of Buddha. Show all posts

Tuesday, June 9, 2020

बुद्धको रहस्यमय परिनिर्वाणकाे कारण

भगवान बुद्धको परिनिर्वाणकाे कारण के  थियाे?
एकजना मान्छे मुत्त हुनु, बुद्ध हुनु, संयक संबुद्ध हुनु भन्नु नै सर्व गुण बाट सम्पन्न हुनु हो । उनको आफ्नो ईच्छा केहि पनि हुदैन, तर अरुका हितका लागी जे पनि गर्न सक्छन, जति पनि उमेर लम्बाउन सक्छन्, बाँच्न सक्छ । किनकि बुद्ध पुरुष हुनु भनेको प्रकृतिसँग एकाकार भई प्रकृतिलाई नियन्त्रण गर्न सक्नु पनि हो । प्रकृतिमा भएको सबै सक्ति उनमा हुनु हो । यो कुराको संकेत बुद्धले आनन्दलाई बेला बखत दिईरहेका हुन्थे । आनन्दले लोक कल्याणकालागी तपाई कल्पौकल्पसम्म बाँच्नुहोस भनी प्रार्थना (विन्ती)गरेनन् । जो बुद्ध संग ४५ बर्ष बस्दा पनि बुद्ध प्रतिको आशत्त र समर्पीत भएकै कारण मुक्त नभएका, धेरै कुरा नबुझेका र ज्ञान पाईरहेका थिएनन् । उनकालागी गुरुप्रतिको आशत्ती बोधिज्ञान लाभ गर्न समस्या बनिरहेको थियो । अन्ति पल्ट बैशालीमा भन्दा एक मारले(दुष्ट) बुझी बुद्धलाई विन्ती गर्छन् “हे प्रभु तपाई ८०आँै बर्ष बाँचिसक्नुभयो, यस बखत तपाईका लाखैँ शिश्य बनिसकनु भयो अनि हजरँै त मुक्त पनि भैसके ।  तपाँईले गर्नुपर्ने सबै गरीसक्नु भयो त्यसकारण यो संसारबाट भौदिएपनि हुन्छ ।” भनी बार बार प्रार्थना गर्दछ । बुद्धले “मार अब तिम्रो त्यही ईच्छा चाहना छ भने म अबको तीन महिना पछि यो देह त्याग दिन्छु ।” यसरी आनन्दको बुद्धी नपुगेको कारणले गर्दा बुद्ध लामो समयसम्म बाँचेन्न । पछि भिक्षुहरुलाई सो कुरा थाहा हुदा आन्दलाई बुद्ध मर्नको दोष उनलाई लगाए । 
पछि भगवान बुद्ध कुशिनगरमा पुग्नुभई तीन महिना पश्चात आफ्नो देह त्यागे । आफ्नो देह त्याग्दा उनी महा समाधी अवस्थामा पुग्न पाए पाएनन् भन्ने कुरामा मत मतानतर पाईन्छ । किनकी महा समाधी अवस्थामा पुग्न ध्यान तपश्याको पुर्णता र तहगत एकाग्रता अभयास हुन अति जरुरी हुन्छ । भगवान बुद्ध र उहाका शिश्यलाई कुन्ना नाम गरेका व्यक्तिले खानाको लागी बोलाउछ्न । खाना बुद्धले पहिला खानुहुन्छ र उहाँको मुखा एक गाँस पर्ने वितिकै सबैलाई खाना नखान आग्रह गर्दछन् र त्यस स्थान बाट जाँदै गर्दा उनलाई पसीना आई शाररीक अशक्तता देखा पर्दछ । सबै भगवान बुद्धको शिश्यहरुलाई खानामा विष थियो भन्ने कुरा थाहा पाउदछन् । अत्याधिक रोगको चापका कारण भगवान बुद्ध त्यही स्थानमा आराम मुद्रामा बस्नुभयो । 
यास कुराको कुनै वास्तविक आधार छैन र कतिपयले यस कुरामा फरक मत राख्छन जस्तै, बदेलको मासुका कारण वा हुन सक्छ आफ्ना शिश्यहरु बोध ज्ञानले परिपक्क भएका कारण उहाँआफैले परिनिर्वाण लिनुभयो भन्ने मत पनि यदाकदा सुनिन्छ । जब भगवान बुद्ध परिनिर्वाण अवस्थामा पुग्नु भयो तब उहाँका शिश्यहरु उहाँका अगाडी बसे । त्यसै क्रममा एक जना सुभद्रा नामको परीभ्राजक आएर शरीर पुर्ण रुपमा सिथिल भएको अवस्थामा आएर भगवान बुद्धको वारेमा धेरै सुनेको र कुशिनगरमा आएको थाहा पाई उहाँको प्रवचन सुन्ने ईच्छा जाहेर गर्दछन भिक्षुहरुले रोक्दै गर्दा भगवान बुद्धले बोलाई अन्तिम पिडाको अवस्थामा पनि अरुको कल्याणको लागी उपदेश दिए । यसरी त्यस अन्तिम परीभ्राजक बुद्धका अमृतमय उपदेश सुनी मुत्त भईदिन्छन ।  तथागत भगवान बुद्धको महापरीनिर्भाण पछि उनको शरीर बाट निस्केका धातुहरु विभिन्न आँठ स्थानको स्तुपामा राखिन्छ , दर्शनमय बनाईन्छ ।

Source: Dr. Vikahananda (Manokranti Centre )

Recently Updated

Dr BR. Ambetkar | डा.भिम राव अम्बेडकरका

 जीन्दगी महान हुनु पर्दछ लामो हैन  ।                                                                 — डा.भिम राव अमबेडकरका झण्डै सय बर्ष अग...