Saturday, April 8, 2017

चीनको विरोधका बाबजुद दलाई लामा विवादास्पद क्षेत्र तवाङ पुगे

चीनको चेतावनी बाबजुद दलाई लामाले अरुणाञ्चल प्रदेश भ्रमण गर्दै, भारत–चीन सम्बन्ध झन् बिग्रन सक्ने

चैत्र २१, २०७३- नेपालका दुई छिमेकी चीन र भारतको सम्बन्ध पुन: बिग्रने खतरा देखिएको छ । चीनको चेतावनी बाबजुद भोलि मंगलबारदेखि भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धार्मिक गुरु दलाई लामाले तिब्बतसँग सीमा जोडिएको राज्य अरुणाञ्चलको ९ दिने भ्रमण थाल्ने भएका छन् । चिनियाँ विदेश मन्त्रालयले यसअघि नै भारतले दलाई लामालाई अस्वभाविक स्थान दिएकोमा आपत्ति जनाउँदै आएको थियो ।
केही साताअघि बिहारमा सम्पन्न भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा लामालाई प्रमुख अतिथि बनाएर उद्घाटन गराइएपछि चीनले सार्वजनिकरुपमै असन्तुष्टि जनाएको थियो । भोलिदेखि सुरु हुने लामाको भ्रमणले चीनलाई थप चिढ्याउँने जानकारहरुको आँकलन छ ।
‘लामा अहिले एउटा समस्या हुन् तर यसपछि उनी बिष्फोटक बन्न सक्छन् । यसलाई प्रयोग गरेर चीन र भारतको सम्बन्ध अझ महत्वपूर्ण बन्न सक्छ तर यो खतरनाक पनि हुनसक्छ’, बेइजिङस्थित चिनियाँ एकेडेमी अफ सोसल साइन्सका दक्षिण एसियाविज्ञ ये हइलिङले भने ।
दलाई लामाको बिषयलाई भारतले चीनलाई चिढ्याउँदा चीनले विवादित सीमामा हस्तक्षेप गर्न सक्ने र भारतीय छिमेकी राष्ट्रसँग समन्वय गरी भारतलाई एक्ल्याउने रणनीति थप बढावा दिनसक्ने विज्ञहरुको विश्लेषण छ ।
चीनले यसअघि नै विज्ञप्ती जारी गरेर दलाई लामालाई अरुणाञ्चल भ्रमण गर्न दिए दुई देशीय सम्बन्ध थप बिग्रने चेतावनी दिएको थियो ।

चैत्र २६, २०७३-
तिब्बती धार्मिक नेता दलाई लामा शुक्रबार अरुणाञ्चल प्रदेशको तवाङ पुगेका छन् । उनको भ्रमणलाई लिएर चीनले आपत्ति जनाइरहे पनि उनी विवादास्पद भूमी तवाङ पुगेका हुन् । तवाङलाई चीनले आफ्नो भनी दाबी गरिरहेको छ ।
अरुणाञ्चलको दिराङबाट ७ घण्टा सडक यात्रापछि लामा तवाङ पुगेका हुन् । उनी हेलिकप्टरबाट मंगलबार तवाङ पुगेपनि खराब मौसमका कारण हेलिकप्टर ल्याण्ड हुन नसकेपछि फर्किएका थिए । उनी गुवाहटीबाट डिराङ हुँदै तवाङ पुगेका हुन् ।
उनी तवाङको एक गुम्बामा चार रात बसेर मंगलबार फर्किनेछन् । लामाले प्रवचन दिने यिद गा चोइजिन गुम्बा वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
तवाङमा रहेको ३३६ वर्ष पुरानो यो गुम्बा भारतकै सबैभन्दा ठूलो हो भने विश्वकै दोस्रो ठूलो गुम्बा हो । तिब्बतको ल्हासास्थित पोटाला प्यालेसलाई विश्वकै ठूलो बौद्ध गुम्बा मानिन्छ ।
सन् १९५० मा तिब्बतमाथि नियन्त्रण थालेयता चीनले तवाङलाई आफ्नो भूमी दाबी गरिरहेको छ । दलाई लामा सन् १९५९ मा ल्हासाबाट भागेर भारत आएका हुन् । उनी तवाङ हुँदै भारत छिरेका थिए ।
दलाई लामाको तवाङ भ्रमणले दुई भारतसँगको सम्बन्ध बिग्रने चेतावनी चीनले दिंदै आएको छ ।

प्रकाशित: चैत्र २६, २०७३


No comments:

Post a Comment

Recently Updated

Dr BR. Ambetkar | डा.भिम राव अम्बेडकरका

 जीन्दगी महान हुनु पर्दछ लामो हैन  ।                                                                 — डा.भिम राव अमबेडकरका झण्डै सय बर्ष अग...