2017-4-22 NJC Monastery.
H.E. Tulku Losang Namgyal Rinpoche Giving Teaching to the Public on how to practice the Buddha Dharma on 2017-4-22 at NJC Monastery, Boudha-6, Tinchuli, Kathmandu.
In the program Rinpoche simply explained about the Importance and the benefits of Buddha Dharma however the main purpose was to make people realize the actual Buddha Dharma.
Sunday, April 23, 2017
Monday, April 17, 2017
Nepal named top travel destination
- Post Report, Kathmandu
Apr 17, 2017- Nepal has secured the top spot in the list of 10 best places to travel published by the British newspaper, The Guardian.
In its report titled, ‘How to plan a post-Brexit holiday-from Serbia to the Lake District’, the the popular newspaper placed Nepal in the No 1 spot.
“Pound for pound, Nepal is better value than Europe,” says Catherine Shearer of specialist cycle holiday experts H+I Adventures.
The country has had a tricky few years that have featured Maoist insurgency, royal massacre and a devastating earthquake, but Nepal has come roaring back. Travellers are reporting a sense of optimism and vibrancy that rubs off on visitors.
“Democracy is on the rise,” reports Dr Claire Smith of York University’s Asia Research Network. “It is an inspiring moment to visit the country … and the curries are delicious.”
This is a country with a huge amount to offer: its mountain ranges, obviously, but also a wealth of wildlife, temples, ancient towns and colourful culture.
KE Adventure Travel specialises in some spectacular hikes in the country.
In its report titled, ‘How to plan a post-Brexit holiday-from Serbia to the Lake District’, the the popular newspaper placed Nepal in the No 1 spot.
“Pound for pound, Nepal is better value than Europe,” says Catherine Shearer of specialist cycle holiday experts H+I Adventures.
The country has had a tricky few years that have featured Maoist insurgency, royal massacre and a devastating earthquake, but Nepal has come roaring back. Travellers are reporting a sense of optimism and vibrancy that rubs off on visitors.
“Democracy is on the rise,” reports Dr Claire Smith of York University’s Asia Research Network. “It is an inspiring moment to visit the country … and the curries are delicious.”
This is a country with a huge amount to offer: its mountain ranges, obviously, but also a wealth of wildlife, temples, ancient towns and colourful culture.
KE Adventure Travel specialises in some spectacular hikes in the country.
Monday, April 10, 2017
काठमाडौंमा तेमाल जात्रा बृहत रुपमा मनाईने ।
आज बौद्ध परिसर र परीसर बाहिर जात्रामा पराम्परागत तामाङ जुहारी प्रतियोगीता पनि रहेको थियो । जात्राको सुरुवातको दिन बौद्धमा मृतकहरुको पितृ मोक्षका र आत्माको शान्तिका लागि बत्ती बाल्ने, लामा पुरोहितबाट पुजापाठ मोलम गर्ने चलन छ । बत्ती बाल्नेहरु आज रातभर जाग्राम बस्छन अनि भोलि विहानै बाइसधारा स्नानपछि स्वयम्भुमा पुगी जात्रा सकिने परम्परा छ । रातभर जाग्राम बस्दा तामाङहरु मौलिक फाबारी, सेलो को भाकामा मायाप्रितिको गीत गाउने गरिन्छ । यसरी गीत गाउदै स्वयम्भु पुगेपछि जात्रा समापन हुन्छ ।
यस जात्रालाई बौद्धबासीले तेमाल जात्रा र तेमालबासीले बौद्धको जात्रा भन्ने गरेका छन् । यस जात्रामा काभ्रे तिमाल, सिन्धुपाल्चोक, दोलखा, ललितपुर, नुवाकोट, धादिङ, काठमाडौं वरिपरि तथा देशका विभिन्न स्थानबाट तामाङहरुको सहभागिता रहने गरेको छ ।
छोराछोरी स्कुल नपठाउने अभिभावकलाई ‘रातोकार्ड’
सल्यान – दार्मा गाउँपालिका–५ गोठिवनका ३८
वर्षीय टेकबहादुर विकलाई छोरा गोविन्दले पढिरहेको गोठिवन माध्यमिक
विद्यालयबाट रातो कार्ड आएपछि उनी अचम्ममा परे ।
विद्यालयबाट रातो कार्ड किन पाइयो भनेर थाहा
नपाएका टेकबहादुर कक्षा ३ मा पढिरहेको छोरा गोविन्दले कार्डमा लेखेको सबै
कुरा विस्तारै पढेर सुनाएपछि भने छाँगाबाट खसेजस्तै भए ।
विद्यालयले उनलाई छोरालाई नियमित किन
नपठाएको भनेर रातो कार्डमात्रै पठाएको थिएन, उनको गम्भीर ध्यानाकर्षणसमेत
गराएको थियो । सामान्यतः फुटबलमा खेलाडीले ठूलो गल्ती गरेमा दिइने रातो
कार्ड सल्यानका विद्यालयले भने छोराछोरीलाई नियमित विद्यालय नपठाउने
अभिभावकलाई दिन थालेका छन् ।
टेकबहादुरले भने – “पुस महिनामा रातो कार्ड
पाउँदा नरमाइलो लाग्यो, त्यसपछि छोरालाई जस्तो काम परे पनि विद्यालय पठाएको
छु ।” उनले माघ र फागुनमा भने छोरालाई नियमित विद्यालय पठाएपछि हरियो
कार्ड पाएको बताए ।
विद्यालयमा पहिलेको तुलनामा कार्ड दिन थालेपछि विद्यार्थी उपस्थिति दर बढेको छ
“हामीले विद्यालयमा छोराछोरी नपठाउने
अविभावकलाई तीन प्रकारको कार्ड दिन्छौँ” – अन्धनाशक आधारभूत विद्यालय
ढाकाडामका प्रधानाध्यापक दीपबहादुर केसीले भने – “८५ प्रतिशतभन्दा बढी
हाजिर हुने विद्यार्थीका अभिभावकलाई प्रशंसापत्र भनेर हरियो कार्ड, ७० देखि
८५ प्रतिशत हाजिर हुने विद्यार्थीका अविभावकलाई धन्यवाद ज्ञापन भनेर
पहेँलो कार्ड र ७० प्रतिशतभन्दा कम हाजिर हुने विद्यार्थीका अविभावकलाई
ध्यानाकर्षणपत्र भनेर रातो कार्ड दिन्छौँ ।” उनले महिनाको अन्तिम दिन सबै
हाजिरी हिसाब गरेर मासिक रुपमा कार्ड दिइने गरेको बताए ।
सेभ द चिल्ड्रेनसँगको साझेदारीमा स्थानीय
गैरसरकारी संस्था दलित विकास समाज सल्यानको सहयोगमा जिल्लाका ४५ विद्यालयले
अहिले यो अभियान सुरु गरेका छन् । कुमाख मालिका गाउँपालिकाका नौ र दार्मा
गाउँपालिकाका ३६ विद्यालयले यस्तो अभियान सुरु गरेका हुन् ।
हामीले अहिले ३ कक्षासम्मका लागि यो अभियान
सञ्चालन गरेका छौँ नवजागरण आधारभूत विद्यालय भल्चौरका प्रधानाध्यापक
जगबहादुर केसीले भने – “यो अभियानका कारण विद्यार्थी उपस्थिति दर बढेकाले
हामीले पूरै विद्यालयमा यो अभियान सञ्चालन गर्ने सोच बनाएका छौँ ।” महिनाको
अन्तिम दिन विद्यार्थीको हाजिरी रेकर्डको प्रतिशतका आधारमा अविभावकलाई
विद्यार्थीसँग कार्ड पठाइन्छ ।
महेन्द्र माध्यमिक विद्यालय जिमालीका शिक्षक
हेमराज केसीले भने – “अविभावकलाई कार्ड दिँदा छोराछोरीप्रतिको
जिम्मेवारीबोध तथा विद्यालयप्रतिको सम्बन्धसमेत प्रगाढ भएको पाइयो ।” उनले
विद्यालयमा पहिलेको तुलनामा कार्ड दिन थालेपछि विद्यार्थी उपस्थिति दर
बढेको बताए । “घरबाट विद्यालय जान हिँडेका विद्यार्थी विद्यालय आए/नआएको
समेत अनुगमन हुन्छ” – शिक्षक केसीले भने – “अहिले त सबै विद्यार्थीले आफ्ना
अभिभावकलाई हरियो कार्ड दिनका लागि नियमित आउँछन् ।”
मङ्सिरदेखि सुरु गरिएको अभियानमा
शैक्षिकसत्रको अन्तिमसम्ममा विद्यार्थीको उपस्थितिमा समेत उल्लेख्य सुधार
आएको देखिएको । पुसमा ४५ विद्यालयका ७३५ अभिभावकले रातो कार्ड पाएकामा चैत
महिनामा घटेर ३५८ अविभावकले मात्रै रातो कार्ड पाएका छन् । “यस अभियानले
विद्यालयमा गतिलो छाप छोडेको छ” – जिल्ला शिक्षा कार्यालयअन्तर्गत गोठिवन
स्रोतकेन्द्रका स्रोतव्यक्ति जङ्गबहादुर बुढाले भने – “धेरै विद्यालयले
कक्षा ३ मात्र नभई आगामी शैक्षिकसत्रदेखि पूरै विद्यालयमा अवलम्बन गर्ने
जानकारी दिएका छन् ।” विद्यालयमा विद्यार्थी नियमित हुन थालेपछि विद्यालयको
पढाइमा समेत सुधार हुँदै गइरहेको उनले दाबी गरे ।
कार्डमात्रै दिँदैनन् नियमित तीन दिनसम्म
विद्यार्थी विद्यालय आएन भने किन आएन भनेर खोजीनीति समेत गर्छन् । “लगातार
तीन दिनसम्म बालबालिका स्कुल आएनन् भने फोन गरेर बुझ्छौँ” –सरस्वती आधारभूत
विद्यालय ढाकाडामका प्रधानाध्यापक लक्ष्मी खड्काले भने – “कारण सोध्छौँ
खास कारण बाहेक नियमित विद्यालय आउनका लागि उत्प्रेरणा गर्छौं ।” जिल्ला
शिक्षा कार्यालय सल्यानले विद्यालयको हाजिरी परीक्षण गरेर अभिभावकलाई कार्ड
दिने अभियान राम्रो भएको भन्दै यसलाई जिल्लाभर लागू गर्नका लागि आफूहरु
लागिपरेको जनाएको छ ।
जिल्ला शिक्षा कार्यालय, सल्यानका स्रोत
व्यक्ति लीलाधर वपालले प्रअ बैठक तथा स्रोतव्यक्ति बैठकमा यसलाई जिल्लाभरि
कसरी लैजाने भन्नेबारेमा छलफल चलेको बताए । रमेशकुमार वली /रासस
Source http://www.annapurnapost.com/news/68666
http://www.nagariknews.com/news/17808/
Saturday, April 8, 2017
चीनको विरोधका बाबजुद दलाई लामा विवादास्पद क्षेत्र तवाङ पुगे
चीनको चेतावनी बाबजुद दलाई लामाले अरुणाञ्चल प्रदेश भ्रमण गर्दै, भारत–चीन सम्बन्ध झन् बिग्रन सक्ने
केही साताअघि बिहारमा सम्पन्न भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा लामालाई प्रमुख अतिथि बनाएर उद्घाटन गराइएपछि चीनले सार्वजनिकरुपमै असन्तुष्टि जनाएको थियो । भोलिदेखि सुरु हुने लामाको भ्रमणले चीनलाई थप चिढ्याउँने जानकारहरुको आँकलन छ ।
‘लामा अहिले एउटा समस्या हुन् तर यसपछि उनी बिष्फोटक बन्न सक्छन् । यसलाई प्रयोग गरेर चीन र भारतको सम्बन्ध अझ महत्वपूर्ण बन्न सक्छ तर यो खतरनाक पनि हुनसक्छ’, बेइजिङस्थित चिनियाँ एकेडेमी अफ सोसल साइन्सका दक्षिण एसियाविज्ञ ये हइलिङले भने ।
दलाई लामाको बिषयलाई भारतले चीनलाई चिढ्याउँदा चीनले विवादित सीमामा हस्तक्षेप गर्न सक्ने र भारतीय छिमेकी राष्ट्रसँग समन्वय गरी भारतलाई एक्ल्याउने रणनीति थप बढावा दिनसक्ने विज्ञहरुको विश्लेषण छ ।
चीनले यसअघि नै विज्ञप्ती जारी गरेर दलाई लामालाई अरुणाञ्चल भ्रमण गर्न दिए दुई देशीय सम्बन्ध थप बिग्रने चेतावनी दिएको थियो ।
चैत्र २६, २०७३-
तिब्बती धार्मिक नेता दलाई लामा शुक्रबार अरुणाञ्चल प्रदेशको तवाङ पुगेका छन् । उनको भ्रमणलाई लिएर चीनले आपत्ति जनाइरहे पनि उनी विवादास्पद भूमी तवाङ पुगेका हुन् । तवाङलाई चीनले आफ्नो भनी दाबी गरिरहेको छ ।
अरुणाञ्चलको दिराङबाट ७ घण्टा सडक यात्रापछि लामा तवाङ पुगेका हुन् । उनी हेलिकप्टरबाट मंगलबार तवाङ पुगेपनि खराब मौसमका कारण हेलिकप्टर ल्याण्ड हुन नसकेपछि फर्किएका थिए । उनी गुवाहटीबाट डिराङ हुँदै तवाङ पुगेका हुन् ।
उनी तवाङको एक गुम्बामा चार रात बसेर मंगलबार फर्किनेछन् । लामाले प्रवचन दिने यिद गा चोइजिन गुम्बा वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
तवाङमा रहेको ३३६ वर्ष पुरानो यो गुम्बा
भारतकै सबैभन्दा ठूलो हो भने विश्वकै दोस्रो ठूलो गुम्बा हो । तिब्बतको
ल्हासास्थित पोटाला प्यालेसलाई विश्वकै ठूलो बौद्ध गुम्बा मानिन्छ ।
सन् १९५० मा तिब्बतमाथि नियन्त्रण थालेयता चीनले तवाङलाई आफ्नो भूमी दाबी गरिरहेको छ । दलाई लामा सन् १९५९ मा ल्हासाबाट भागेर भारत आएका हुन् । उनी तवाङ हुँदै भारत छिरेका थिए ।
दलाई लामाको तवाङ भ्रमणले दुई भारतसँगको सम्बन्ध बिग्रने चेतावनी चीनले दिंदै आएको छ ।
सन् १९५० मा तिब्बतमाथि नियन्त्रण थालेयता चीनले तवाङलाई आफ्नो भूमी दाबी गरिरहेको छ । दलाई लामा सन् १९५९ मा ल्हासाबाट भागेर भारत आएका हुन् । उनी तवाङ हुँदै भारत छिरेका थिए ।
दलाई लामाको तवाङ भ्रमणले दुई भारतसँगको सम्बन्ध बिग्रने चेतावनी चीनले दिंदै आएको छ ।
प्रकाशित: चैत्र २६, २०७३
Subscribe to:
Posts (Atom)
Recently Updated
Dr BR. Ambetkar | डा.भिम राव अम्बेडकरका
जीन्दगी महान हुनु पर्दछ लामो हैन । — डा.भिम राव अमबेडकरका झण्डै सय बर्ष अग...

-
प्यासी आन्नद र दलित युवती गौतम बुद्ध र आनन्द कुनै एउटा गाउँको बाटो हुँदै यात्रा गरिरहेका थिए । बाटोमा उनका शिष्य, भिक्षु आनन्द लाई प्यास ला...
-
भगवान बुद्धको परिनिर्वाणकाे कारण के थियाे? एकजना मान्छे मुत्त हुनु, बुद्ध हुनु, संयक संबुद्ध हुनु भन्नु नै सर्व गुण बाट सम्पन्न हुनु हो ।...
-
Tulku Losang Namgyal Rinpoche was born in 1970 in Morea, Raniban VDC ward no.-4, Okhaldhunga to mother Man Maya Tamang and father ...