Monday, August 15, 2016

The Truth Behind the Tamang Society of Nepal and the Political journey behind it.


copy paste From:- facebook/Tamang Society
हिजो काठमाडौ पोस्टमा दिपक थापा ज्युले प्रकाशित गर्नु भएको तामाङ सम्बन्धी लेखको केहि भाग प्रति हाम्रो गम्भिर ध्यान आर्कषण भएको छ।सम्रगमा तामाङहरु कसरी पिडित बनाईए,किन यस्तो अवस्था आयो भनेर बिश्लेषण गर्न खोजेको देखिन्छ र नियत सकरात्मक देखिन्छ।त्यसको लागि धन्यबाद तर तामाङ बारे एक उच्च पदस्त पदाधिकारीले दाबी गरेको(assertion) भनेर प्रकाशित भागमा केहि भाषा अस्पष्ट हुदाँ र ति ब्यक्तिको परिचय नखुल्दा यसले गलत सन्देश जान सक्ने देखिन्छ।
प्रकाशित लेख को एक अंश(पुरा तलको लिङ्क बाट पढ्नु होला)
[But the discussion suddenly turned very uncomfortable when a high-ranking government official made three statements that reflected what seemed like wilful ignorance but, more disturbingly, a willingness to take patently prejudicial ‘facts’ at face value.
Assertion 1: Eighty percent of the crimes committed in the Valley are by Tamangs. -----
Assertion 2: Tamang families celebrate when they give birth to a baby girl since she will grow up, join the sex trade, and support the family. ----
Assertion 3: Crime and sex work among Tamangs is culturally ingrained]
यसमा दुईटा कुरा रहेको छः
१)लेखकले नाम नखुलाईएको ति उच्च पदस्त गफमा पदाधिकारीले तामाङबारे ३ निकै निकृष्ठ,होच्चाउने,भ्रमक कुरा गरेको जनाईएको छ ।भाबअनुबाद गर्दा भनिएको भनेको कथित कुरा “दाबी १) राजधानीमा हुने अपराधको ८० प्रतिसत अपराध तामाङहरु गर्दछन”।दाबी २) केटी जन्मदा तामाङ परिवार खुसी हुन्छन किनकी उनले पछि ठुलो भए पछि बेश्याबृतिमा लाग्छिन अनि परिवार पाल्छिन” दाबी ३) अपराध र यौन(सेक्स) भनेको तामाङ सस्कृतिमै लामो समय रहेको वा परिर्वतन हुन नसकिने कुरा हो” भनेर ३ कुरा भनियो भनेर बुद्दागत रुपमा नै प्रततुत गरिएको छ।
यस्तो गम्भिर कुरा भन्दा वा राष्ट्रिय मिडियामा छाप्दा अब त्यस्तो दाबी गर्ने पदाधिकारीको को हुन परिचय खुलाउन जरुरी छ कि छैन? किनकी आरोप गम्भिर छ र दाबी गर्नेले पुष्ठी गर्न सक्नु पर्दछ,होईन भने त कोहि काल्पनिक ब्यक्ति खडा गर्दै फलानोले यसो भन्यो भनेर जो बारे पनि जे पनि दाबी गरे भई हाल्यो नि।साथै यदि सच्चिकै भनिएको हो भने यस्तो निकृष्ठ र गलत सोच राख्ने र भ्रम फैलाउने ब्यक्तिलाई नैतिकता आधारमा त्यस पदमा बसिरहने हक छ कि छैन।त्यसैले ति ब्यक्ति बारे जानकारी बाहिर ल्याउनु लेखकको कर्तब्य होईन र? यो कुनै सुराकी जस्तो गोप्य राखिनु पर्ने बिषय हो र? यो लेखकको दायित्व पनि हो।दाबीको पछाडिको मान्छे नहुदाँ, कसैले सच्चिकै भनेका हुन कि लेखकले आफ्नो भावनालाई कुरा काल्पनिक पात्र मार्फत राखेका हुन कसरी बुझ्ने? किनकी दाबी गम्भिर छन र दाबी गर्नेले पुष्ठी गर्नु सक्नु पर्दछ।जो ब्यक्ति भए पनि यस्ता दाबी गरि भ्रम फैलाउने वा ठेस पुय्याउनेलाई कारवाहि गरि “उदाहरण” पेस गर्नु पर्ने होईन र? होईन भने फलानोले चिया गफमा के भने,के दाबी गरे एउटा पुरै समुदायको बारेमा गलत सन्देश जाने कुरा राष्ट्रिय पत्रिका प्रकाशित गरिहाल्नु शायद ठिक होईन वा गलत सन्देश जान्छ।साथै कुनै ब्यक्ति को अपुष्ठ कुनै समुदायलाई लन्छना लगाउने कुरा वा ठेस पुय्याउने कुरालाई अन्तराष्ट्रिय रुपमा सम्म पनि जाने कुरालाई प्रकाशित गर्नु पुर्ब जान सक्ने गलत सन्देश वा भ्रमबारे बिशेष ध्यान दिनु पर्ने देखिन्छ। साथै लेखकले ति उच्च पदस्त ब्यक्तिको नाम खुलाउन सक्नु पर्दछ जसले लेखको बिश्वसनियता बढ्ने छ र सन्दर्भ पनि पुष्ठि हुनेछ।होईन भने त दाबी गरियो भनेर पनि कसरी बिश्वास गर्ने?
२)ति दाबी गरिएको भनिएको ठाँउमा लेखकले केहि दुबिधा वा जसरी पनि अर्थ लगाउने सकिने जस्तो बाक्य वा शब्द प्रयोग गर्दा त्यसले लेखक र जो तामाङ हुन(जसलाई थाहा छ) बाहेक, तेस्रो ब्यक्ति,पक्ष(जसलाई तामाङ बारे कहि थाहा छैन) लाई पढदा गलत सन्देश जान सक्ने देखिन्छ। लेखकको लाईन सिधै पढ्दा वा भावअनुबाद गर्दा “दाबी गर्नेको कुरा अज्ञानता जस्तो देखिए पनि दुखलाग्दो “सत्य” लाई कुरा नबुझेर जे देखिन्छ त्यहि मात्र लिएको(किन भयो भन्ने चाँहि नलिएको)” भन्न खोजेको जस्तो देखिन्छ।यसो भन्दा कुराहरु(दाबी गरिएका) चाँहि सहि नै हुन तर दाबी गर्ने ब्यक्तिले कारणमा नगएर चाँहि ठिक नभएको नत्र “तथ्य” चाँहि दाबी गरिए अनुरुपकै नै हो भन्ने खालको गलत सन्देश जाने देखिन्छ।एउटा समुदायको ईज्जत सँग जोडिएको कुरालाई त्यसलाई थप प्रस्ट रुप र संबेदनशिलताको साथ प्रस्तुत गरिनु पय्थयो।
त्यसैले यि कुराहरु बारे हाम्रो गम्भिर बिमति छ र सच्चाईनु पर्दछ।तामाङहरुको सयौ सस्था रहेको छन यस बारे सबैले सम्बन्धित निकायमा कुरा राख्नु पर्दछ र ठुला भनिएका सस्थाहरुले उचित कदम चाल्नु पर्दछ जसले गर्दा भबिय्यमा यस्तो घटना नदोहोरियोस।
तामाङहरु बारे गलत सन्देश फैलाउने,भ्रम फैलाउने वा फैलने सक्ने कुरा गर्नु पक्कै उचित होईन।यसको हामी बिरोध गर्दछौ।
SHARE
©तामाङ

No comments:

Post a Comment

Recently Updated

Dr BR. Ambetkar | डा.भिम राव अम्बेडकरका

 जीन्दगी महान हुनु पर्दछ लामो हैन  ।                                                                 — डा.भिम राव अमबेडकरका झण्डै सय बर्ष अग...