Monday, August 15, 2016

तामाङ ह्योल्मो र हेलम्बु

(I feels intresting to hear about it from our dearest friend.)

एउटा तामाङ ग्रुप र एउटा ह्योल्मो ग्रुपमानै किन नहोस। तामाङ र ह्योल्मो जाती एउटै हुन कि अलग हुन भन्ने कुरामा अनेकौ बहस र अनेकौ छलफल हुने गर्छ। र बिना कुनै निश्कर्स र ठोस नतिजा बिना टुङगिने गर्छ। एउटा कथन अनुसार हालको तामाङ जातिसङ्ग हिमाली भेगको तामाङको रहन सहन भासा र भेष भुसाको अन्तर भएको र तामाङ सङ्घ सङ्स्थाले हिमाली भेगको तामाङको भासा सङ्स्कृती र भेष भुसा तामाङ जातिको भन्दा बाहिरको भएको हुनाले तिनिहरुलाइ तामाङ नमानेकोले तिनिहरुले स्थानीय ठाँउ अनुसारको जातिगत नाम राखे ह्योल्मो। बास्तबमा ह्योल्मो स्पष्ट जाती भने पक्कै होइन। ह्योल्मो भनेको त सिन्धुपाल्चोकको हिमाली भेगमा पर्ने हेलम्बुलाइ तामाङ भासा बाट ह्योल्मो भनिन्छ। र हेलम्बु सेर्माथानमा स्याङ्तन राजाको दरबार रहेको कुरापनी तामाङ इतिहासमा समेटिएको छ।तर आज त्यहा ह्योल्मो जाती मात्र रहेको भन्दै आएको। यी कुराहरुलाइ मनन गर्दा कतै ह्योल्मो जाती तामाङ बाटै छुट्टयाइएको को त होइन। जस्तो लाग्छ।
दावा साङ्बो ह्योल्मोको ह्योल्मो इतिहासको छ्योइमा पनि तामाङ र ह्योल्मो जाती एउटै हुन कि भनेर प्रस्टयाउन खोजिएको छ। 


तामाङ र ह्योल्मो जाती हेलम्बुको प्राचीन बासिन्दा हुन। तामाङ र ह्योल्मो जाती एउटै नभए पनि एउटा कुरा के सत्य छ। भने तामाङ र ह्योल्मो जातिको धेरै थर हरु एउटै हुन्छ। मानव सभ्यताको बिकास सङ्गै ह्योल्मो भासामा स्याङबा तामाङमा स्याङ्बो
ह्योल्मोमा ज्याबा तामाङमा पाख्रीन थोकर
ह्योल्मोमा ङाङपा तामाङमा दोङ
ह्योल्मोमा यबा तामाङमा वाइबा
ह्योल्मोमा ल्हेबा तामाङमा लोप्चन
ह्योल्मोमा याङछेन तामाङमा योन्जन
ह्योल्मोमा थोसुङबा तामाङमा बोम्जन र
ह्योल्मोको च्युजुङ लाई तामाङ बाट मोक्तन भनिन्छ। यो कुरा स्थानीय तामाङ र ह्योल्मो दुबै जातिले मान्दै आएको छ।र यो कुरा दावा साङबो ह्योल्मोले लेख्नु भको ह्योल्मो छ्योइमा पनि लेखिएको छ।
र अर्को कथन अनुसार स्याङबा जिन्दाहरुले कर्म छेसाङलाइ दुई वटा छोरी स्याङ्बोस्या स्याङपामो (हिदम र थिप्चे) सहित चडाएर ह्योल्मो राखेको पनि दावा साङबो ह्योल्मोको छ्योइमा उल्लेख गरिएको छ। र उनिहरु सङ्ग बिबाह गरि गोछेलिङ गुम्बाको प्रमुख लामा हुनु भएक पनि उल्लेख गरिएको छ। लामा हिसि दोर्जेको छ्योइमा पनि तामाङ र ह्योल्मोको केही थरहरु उल्लेख गरिएको छ।
र आज तामाङ ह्योल्मो छुट्टाछुट्टै जाती भए पनि दुबैले सोनाम ल्होसार मान्दै आएको। र यी दुबै जातिले सोनाम सङ्गै ग्यल्पो ल्होसार पनि मान्ने गरिएको र निङमा बौद्ध धर्मको नियमलाइनै अङ्गाल्दै आएको छ। हेलम्बुलाइ तामाङ र ह्योल्मो जातिको प्राचीन स्थलको रुपमा मान्दै आएको छ।
(copy paste from)
Facebook: Kun Chyap Tsedup/

No comments:

Post a Comment

Recently Updated

Dr BR. Ambetkar | डा.भिम राव अम्बेडकरका

 जीन्दगी महान हुनु पर्दछ लामो हैन  ।                                                                 — डा.भिम राव अमबेडकरका झण्डै सय बर्ष अग...