झण्डै सय बर्ष अगाडीको कुरा हो । सानो छदा डा. भिम रावो अम्बेठगर स्कुलमा सुकुल लगेर जान्थे र ढोका वा झ्याल बाहिर बसेर भित्र चिहाउदै पढ्दथे । कारण उनी एक सुद्र (तल्लो जात)का थिए, कक्षामा भित्र बस्ने अनुमती थिएन । उनमा पढाई प्रतिको मोह, इच्छाशत्ति, रुची, र प्रतिभा अधिक थियो । उनी हरेक विषयमा बुद्धिमान थिए । एक दिनको कुरा हो उनलाई प्यास लाग्छ र पानी पिउन खोज्दा उनि माथी ढुङ्गा बर्सियो र कुटाई खाए । यसरी स्कुलमा पानी पनि पिउन नपाउने उनी अध्ययनशील क्षमता र पढाई प्रतिको लगाब भएकै कारण लण्डनमा पढ्न पाए ।
दुख दिनेहरुलाई कमजोर पार्ने मुर्खहरुको काम हो । बुद्धिमानले आफुलाई शत्तिशाली बनाउदछन् ।
गाईक्वार्ड राज खान्दानले स्पोनसर गरेका थिए उनलाई । उनले त्याँहा विध्याबारधी(पि.एच.डी) गरे । फर्केर उनले आफ्नै देशमा ठुला ठुला पदमा काम गर्न थाले । उनी ठुलै पदमा रहदा ठुला जात भनैदाहरुबाट विभिन्न लान्छना लगाउने र छुवाछुततको ब्यबहार गर्न छोडेन । दमन जारी थियो ।
जसरी बिउलाई माटोले दबाउदा शत्तिशाली भएर निस्कन्छ त्यसरीनै सम्भावना बोकेका मानिस दबाबमा परे भने अझ बढि शत्तिशाली भएर निस्कन्छ तर खोक्रा र सम्भावना विहिनहरु भने दबाब पर्नासाथ समाप्त हुन्छन ।
उनले सोचेहोलान म जति ठुलो पदमा भएता पनि, जतिनै ठुलो ओहदामा जागीर खाएता पनि दलीत जाति माथी हुने दमन, छुवाछुततको ब्यबहार मेटिने छैन। यसकालागी समाजको सोचमा परिवर्तन ल्याउनु पर्छ । यति कुरा राम्ररी बुभिसके पछि जागीर छोडेर आन्दोलनमा लागे ।
सामान्यतया ढुङ्गामा आगो हुदैन तर आगो निकाल्ने ताकत भने अवस्य हुन्छ ।
उनी एक नेताको रुपमा स्थापित हुन थाले । लाखैका संख्यामा उनको समर्थक उभिए । त्यसै बेला भारत ब्रिटिस औपनिवेश साम्राज्यबाद बाट स्वतन्त्र भयो । उनले कानुन पढेका कारण, र त्यससमय उनि जति कानुनको ज्ञाता कोहि पनि नभएको हुदा र एक भारतीय नेताका रुपमा स्थापीत भएका कारण महात्मा गान्धीले उनलाई त्यसबखत कानुन मन्त्रि बनाए । भारतको संबिधान निर्माणको चरणचलिरहदा उनको योगदान यति सम्म रह्यो कि उनि भारतको संविधान निर्माताको रुपमा चिनिए । अहिलेपनि भारतका सम्पुर्ण सरकारी कार्यलयहरुमा एका पट्टि महात्मा गान्धीको तस्वीर राखिन्छ भने अर्का पट्टि उनै डा.भिम राव अमबेडकरको ।
खुदी को कर बुलंद इतना के हर तकदीर से पहले खुदा बन्दे से खुद पूछे के बता तेरी रजÞा क्या हैू ।
उनी कुनैबेला एक कमजोर जातका थिए, त्यसैकारण थुप्रैपटक हेपिदै हेपिदै आएका थिए । उनै डा.भिम राव अमबेडकर अन्त तः भारतको संविधानको निर्माताका रुपमा स्थापित भए ।
प्रेरणा ः अरुले थिच्नु भनेको समाप्त हुनु हैन ।
Source : Dr. Yogi Vikashananda, Manokranti Centre.