Sunday, March 24, 2019

चैत्य वा मूर्तिहरु निर्माण गरेका लाभहरु

नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स ।

चैत्य वा मूर्तिहरु निर्माण गरेका लाभहरु

प्राणप्रतिष्ठा गरिसकिएको मूर्ति वा चैत्यमा वन्दना, पूजा तथा परिकमाआदि जस्ता शुभकार्य गरेदेखि नै यो लोकको साथै परलोकमा पनि सुख शान्ति उत्पादन हुन्छ । अन्ततः मोक्ष प्राप्ति भई शुद्ध बुद्धभुमिमा जन्म लिनेछ भनी प्रामाणिक बुद्धवचन तन्त्रमा भन्नुभएको छ । त्यस्तै प्राणप्रतिष्ठा तन्त्रमा भनिएको छ— सबैले सत्य मेहेनत द्वारा सिद्धिप्राप्त गर्ने चाहाना राख्नेले यस कुरामा सचेत हुनुपर्छ । यो विधि आफू स्वयमका क्षमता विवेकद्वारा परीक्षा गरी बातइएकोले विधिपूर्वक गरेमा ठूलो पुण्य प्राप्त हुनेछ । त्यस्तै अतिश गुरु विरचित प्राणप्रतिष्ठामा भनिएको छ– महिना, बार, नक्षत्र, सूर्यको समय अनुकूल परेको बेला भनेअनुसार कर्म गर्नसकेमा मनले चिताएको सबै पूरा हुन्छ । प्राणप्रतिष्ठा पनि उत्तम हुन्छ । अरु पनि बुद्धको प्रतिमा चैत्य आदिबाट सिद्धि प्राप्त हुने काम गर्दछ । थोरै मात्र राम्रो मनले चिताउनसकेसम्म पनि जन्मजन्मान्तरमा आवश्यक अर्थहरु सिद्ध भएर जान्छ । यसैगरी मन्त्र धारण गर्नेहरुले धर्मयुक्त पूजा गरेको र त्यस कर्मको शक्तिले जन्मजन्मान्तरसम्म पूजा गर्न पाउने छ । त्यस्तै झयाङतेरको अधिष्ठानको उपदेशमा भनिएको छ– बुद्धको आधार मुर्ति वा चैत्यमा विशेष रुपमा प्राणप्रतिष्ठा गरेको गुणचाहिँ अवर्णनीय हुन्छ । भगवान बुद्ध लोकमा आगमान हुँदाको गुण समान हुन्छ । यो शुभकार्य गर्नाले बुद्धको शासनको जग बसालेको र धर्मलाई पालन गर्ने सबैको चिरायु, मंगल हुनेछ र मनुष्यका साथै पशुपक्षीहरुको रोग पनि शान्त भएर जानेछ । अन्ततः त्यस प्रतिमा वा चैत्य जीवित रहुन्जेलसम्म समयअनुकूल वर्षा हुनेजस्ता शुभमंगल अटुट रुपमा रहनेछ ।
सामान्यतया लेकमा भगवान् बुद्धको निर्माणकाय प्रादुर्भाव भइ यस स्थान र आश्रयहरुमा प्राणप्रतिष्ठा गरिएको प्रसादरुपी माटोहरु र द्रव्यहरु आदिलाई लिएर नयाँ मूर्ति वा चैत्यमा राखेमा प्राणप्रतिष्ठा भएको मानिन्छ । सिद्धि प्राप्त गरेका योगी अथवा शूनयता ज्ञान बोध गरेका बोधिसत्वहरुले दर्शन गर्दा वा त्यस स्थानमा पावकष्ट गर्दा मात्रले पनि अधिष्ठान हुनसक्छ र सात दिनसम्म त्यस स्थानमा बसेर साधना गरेमा निश्चय नै प्राणप्रतिष्ठा भएको मानिन्छ । विशेषगरी चित्तको प्रतिकको प्रतिनिधित्व गर्ने चैत्य आदिमा मेरुदण्ड राख्दा र धारणी मन्त्र राखेको फाइदा पनि आर्यविमलप्रभ सूत्र, त्यस पवित्र आधार मूर्ति वा चैत्यहरुको दर्शन गर्नाले, यसबारे सुन्नाले, स्मरण गर्नाले, यसलाई शरीरले छुनाले वा त्यस पवित्र मूर्ति वा चैत्य रहेको स्थानको हावाले छोए पनि नर्क, प्रेत, पशुको जन्मजस्ता दुर्गतिबाट मुक्त हुनेछ । र देव, मनुष्यजस्ता सुगतिको चोला प्राप्त गरी अन्ततः सबै दोषबाट मुक्त भई सम्पूर्ण गुणले युक्त भएर सम्यक सम्बुद्धको पद प्राप्ति हुन्छ । यो सत्य कुरा वुद्ध बोधिसत्वहरुको वचनमा विस्तारमा वताइएको छ ।

चैत्यको संक्षिप्त जानकारी
गर्न भनी शिष्यहरुलाई आज्ञा दिएका थिए । बुद्धको महापरिनिर्वाणपछि भगवान् बुद्धको स्मरण स्वरुप
राज्यमा विभाजन गरी आठवटा चैत्य निर्माण गरियो । तीभध्ये दुइवटा ठाउँ हाल हाम्रो नेपालमा कपिलवस्तु र रामग्राम नवलपरासी पर्दछ । 
धर्म विहार तथा चैत्यका भित्र बाहिरा वरिपरि हामीले श्रद्धाका साथ वा खुशीले सरसफा गरेभने पाँच प्रकारका पुण्य फल पाउने छ । यस सम्बन्धित भिक्षु आनन्दको प्रश्नको उत्तरमा कुटागार सूत्रमाभगवान् बुद्धले भन्नु भयो, “आनन्द, सरसफा गरेको लाभ पाँच प्रकारका छन्। ती पाँच के के हुन् भन्दा, आनन्द, यसरी हो । आफ्नो मन आनन्द हुने । अरुको मन खुशी हुने । देवहरुका मन प्रसन्न हुने । आकर्षक कर्म गरी पुण्य संचय हुने र देह त्यागेपछि उच्च सुगति देव योनिहरुमा जन्म लिने गरिन्छ ।” महापरिनिर्वाण चैत्य निर्माण गरेको लाभ
महापरिनिर्वाण चैत्य निर्माण गरेमा ठुलो दान गर्नु भन्दा पनि महा पुण्य हुने विषयमा कुटागार सूत्रमै— भगवान् बुद्धले यसरी भन्नु हुन्छ । “कुनै श्रद्धालु कुल पुत्र वा कुल पुत्रीले सात किसिम्का रत्नले भरेर चढाउनु । र कुनै व्यक्तिले तथागत अर्हत सम्यकसम्बुद्ध महापरिनिर्वाणको चैत्य माटोले अमला जति मात्र बनाउन दिनु । प्राण-प्रतिक सुई जति मात्र स्थापना गर्न लगाउनु । छत्र पात जति मात्र छोप्न लगाई काय-प्रतिमा गहुँको दाना जति मात्र बनाउन लगाउनु । अस्थि-अवशेष तीलको अन्न जति मात्र प्रवेश गराएभने । आनन्द, यहीनै त्यो भन्दा अधिक पुण्य संचय हुनेछ भनि म भन्दछु ।” --- “त्यो के कारणले हो भन्दा । आनन्द, यथा तथागत अर्हत सम्यक सम्बुद्ध भनेको दान अपरििमत, शील अपरिमित, क्षान्ति
अपरिमित, वीर्य अपरिमित, ध्यान अपरिमित, प्रज्ञा अपरिमित, मैत्री देखी उपेक्षा सम्म अपरिमित ज्ञानले युक्त हुनुहुन्छ । आनन्द, तथागत अर्हत सम्यक सम्बुद्ध भनेको सर्व अपरिमित गुणहरुले युक्त छन् ।”
हामी हिँड्दा, डुल्दा पैदलमुनी थिचिएर किटाणुहरु मर्ने भएको हुनाले आफ्नो खुट्टाको मुनी मरिने किरा
"ॐ खेचर गन हुँ ही स्वाहाः" सात पल्ट उच्चारण गर्नुपर्दछ। तत्पश्चात आफ्नो पैदलमा थुक लगाएर पैतालामुनी परी मरेका सबै प्राणीहरु सुगतिमा जन्मुन् भनी प्रणिधान गर्नुपर्दछ ।
वन्दनामन्त्रः नमो मञ्जुश्रीये । नमः सुश्रीये । नमः उत्तमश्रीये स्वाहा । (३)
नमो तस्स भगवतो अर्हतो सम्मा संबुद्धस्स । (3) अर्थातः उहाँ तथागत भगवान् अर्हत सम्यकसमबुद्धलाई प्रणाम ।
७ारण गमन र चित्तोत्पाद
बुद्धम् शरणम् गच्छामी । धर्मम् शरणम् गच्छामी । संघम् शरणम् गच्छामी । (३) अर्थातः वुद्धको शरणमा जानेछु । धर्मको शरणमा जानेछु । संघको शरणमा जानेछु । बुद्ध, धर्म तथा उत्तम संघगणमा बोधिलाभ नभइन्जेल सम्म शरणमा गइरहनेछु।

मैले दान आदि गरेको सम्भाराले, सबै प्राणीहरुका कल्याणका निम्ति बुद्धत्व प्राप्त गर्न सकुँ । (३)
चार असीम भावना ( मैत्री, करुणा, प्रसन्नता र उपेक्षा )

सबै प्राणीहरु सुख र सुखको हेतुले युक्त होउन् । (समस्त प्राणी प्रति मैत्री भावना गर्ने) सम्पूर्ण प्राणीहरु दुःख र दुःखको हेतुबाट मुक्त होउन् । (सबै प्राणी प्रति करुणाको भावना गर्ने) समस्त प्राणीहरु दुःखरहित सुखबाट विमुख हुनु नपरुन् । (समस्त प्राणी प्रति प्रसन्नताको भावना गर्ने)

सबै सत्वहरु भेद-भाव एवं राग द्वेषबाट मुक्त भई उपेक्षा भावमा रहन सकुन् । (सर्व प्राणी प्रति उपेक्षाको भावना गर्ने)
शाक्य मुनि बुद्धको मंत्रःः- ॐ मुनि मुनि महामुनये स्वाहा।
प्रज्ञादेव मञ्जूश्रीको मंत्रःः- ॐ० अ र प च न धी : अार्य लोकेशवरको मंत्रःः- ॐ मणि पझे हूँ। तारा देवीको मन्त्रः ॐ तारे तुतारे तुरे स्वाहा। गुरु पद्मसम्भवको मन्त्रः ॐ आ हूँ वज्र गुरु पद्म सिद्धि हूँ। . पुण्य वृद्धि हुने मंत्रः ऊ धुरु धुरु जय मुखे स्वाहा ।
परिक्रम मंत्र- ऊाँ नमो भगवते रत्न केतु राजाय तथागताय आहते सम्यक संबुद्धाय तद्यथा ऊँ रत्ने रत्ने महा रत्न विजये स्वाहा । (यो मंत्र जप्दै गुम्बा वा चैत्यहरुमा परिकम गर्दा ठुलो लाभ हुनेछ ।)
पुण्य मूल घोडा जस्तै हो । प्रार्थना लगाम जस्तै हो । साधकले जे धर्म कार्यहरु गरे तापनि राम्रो प्रार्थना गरेभने राम्रा फल पाउने कारणमा पविर्तित हुने भएकोले प्रणिधान अथवा परिणामना गर्नु पर्छ भनी शास्ताले भन्नु भएको छ । त्यसकारण विहान पूजा पाठपछि वा बेलुकी सुत्नुभन्दा पूर्व गरिनुपर्दछ । यहाँ संक्षिप्त तर परिपूर्ण भएका परिणामना र प्रणिधानको बारे तल दिईएको छ ।
Գ) जसरी वीरमञ्जुले बुझनु हुन्छ, समन्त भद्रले पनि त्यसरीनै गर्नुभएको थियो ।
उहाँहरुले जस्तै म आफूले पनि अनुसरण गर्दै, सञ्चय गरिएका सबै कुशल मूलहरुलाई परिणामना गर्दछु । त्रिकालका सबै बुद्धहरुले, जसरी परिणामनालाई उत्तम तवरले प्रशंसा गरेजस्तै, म आफूले संचित गरेका सबै कुशल मूलहरु पनि, भद्रचर्याका निम्ति परिणामना गर्दछु । २) सबै सत्वप्राणीहरु सुखले युक्त होउन्,

दुर्गतिका सबै प्राणीहरु त्यसबाट मुक्त होउन्। बोधिसत्व जहाँ रहनुभएको छ, वहाँहरु सबैको प्रणिधान स्वतः सिद्ध होउन्।
आठ चैत्यका संक्षिप्त परिचय
पद्म चैत्य- कपिलवस्तु राज्यको लुम्बिनी स्थित ई.पु. ५६३ वैशाख पूर्णिमाका दिन शाक्यवंशीहरुको वंशमा बोधिसत्व राजकुमार सिद्धार्थको जन्म भएपछि राजा शुद्धोधनले यस प्रकारका चैत्य निर्माण गरेका थिए ।
सम्यक सम्बोधि चैत्य- भारतको बोधगयामा बोधिसत्व सिद्धार्थले सम्यक सम्बोधि प्राप्त गरेपछि राजा विम्बिसारले यस प्रकारको चैत्य निर्माण गर्नुभएको थियो ।
धर्मचक्र प्रर्वतन चैत्य- तथागत बुद्धले भारत, सारनाथमा चार आर्यसत्यबारे पहिलोपटक धर्म प्रवचन गरेका थिए । त्यसैको सम्झनामा चैत्य निर्माण गरे ।
भयो । त्यसै अवसरमा मगधका जनताहरुले यस प्रकारका चैत्य स्थापना गरे ।
ऋद्धिसिद्धि प्रदर्शन चैत्य- शाक्यमुनि बुद्ध ५० वर्ष पुग्नुहुँदा श्रावस्तीमा चन्द्र पात्रोको पहिलो महिनाको १ गते देखि १५ गतेसम्म ऋद्धि शक्ति प्रदर्शन गर्नु भएको थियो । उहाँले मार र " तीर्थकहरुमाथि विजय प्राप्त गर्नुभयो । त्यसैको सम्झनामा त्याहाँका लिच्छवीहरुले यस प्रकारका चैत्य स्थापना गरे ।
तुषित देवलोकबाट अवतरण चैत्य- तथागत बुद्ध आफूलाई जन्म दिने परम माता र देव देवीहरुलाई धर्म देशनाको लागि तुषित देवलोक पुग्नुभई पुनः मानवलोकमा अवतरण गर्नुभएको सम्झनामा यस प्रकारका चैत्य निर्माण गरे ।
विजय चैत्य– तथागत वुद्ध ८० वर्षको हुँदा उहाँले महापरिनिवार्ण हुनाका लागि यस संसारलाई त्याग्ने घोषणा गर्नुभयो । तर, भक्तजनहरुको अनुरोधमा तीन महिनासम्मका लागि आफ्नो आयु लम्ब्याउनु भएको थियो । त्यसैको उपलक्ष्यमा उस्तो प्रकारको चैत्य निर्माण भएको हो ।
महापरिनिर्वाण चैत्य- ८० वर्षको हुनुहुँदा कुशीनगरमा भगवान् बुद्धको महापरिनिर्वाण पश्चात त्याहाँका मल्लहरुले यस प्रकारका चैत्य निर्माण गरेका हुन् ।

श्रद्धालु दावाज्युको अनुरोध अनुसार म भिक्षु जम्याङ् टुल्कुको तरफबाट हाम्रो बौद्ध दाजु भाई तथा दिदि बहिनीलाई भनि मेरो हार्दिक निवेदन तथा प्रार्थना छ ।

 धन्यवाद ।

सर्व मंगलम भवतु ।

No comments:

Post a Comment

Recently Updated

Dr BR. Ambetkar | डा.भिम राव अम्बेडकरका

 जीन्दगी महान हुनु पर्दछ लामो हैन  ।                                                                 — डा.भिम राव अमबेडकरका झण्डै सय बर्ष अग...