भगवान बुद्धको परिनिर्वाणकाे कारण के थियाे?एकजना मान्छे मुत्त हुनु, बुद्ध हुनु, संयक संबुद्ध हुनु भन्नु नै सर्व गुण बाट सम्पन्न हुनु हो । उनको आफ्नो ईच्छा केहि पनि हुदैन, तर अरुका हितका लागी जे पनि गर्न सक्छन, जति पनि उमेर लम्बाउन सक्छन्, बाँच्न सक्छ । किनकि बुद्ध पुरुष हुनु भनेको प्रकृतिसँग एकाकार भई प्रकृतिलाई नियन्त्रण गर्न सक्नु पनि हो । प्रकृतिमा भएको सबै सक्ति उनमा हुनु हो । यो कुराको संकेत बुद्धले आनन्दलाई बेला बखत दिईरहेका हुन्थे । आनन्दले लोक कल्याणकालागी तपाई कल्पौकल्पसम्म बाँच्नुहोस भनी प्रार्थना (विन्ती)गरेनन् । जो बुद्ध संग ४५ बर्ष बस्दा पनि बुद्ध प्रतिको आशत्त र समर्पीत भएकै कारण मुक्त नभएका, धेरै कुरा नबुझेका र ज्ञान पाईरहेका थिएनन् । उनकालागी गुरुप्रतिको आशत्ती बोधिज्ञान लाभ गर्न समस्या बनिरहेको थियो । अन्ति पल्ट बैशालीमा भन्दा एक मारले(दुष्ट) बुझी बुद्धलाई विन्ती गर्छन् “हे प्रभु तपाई ८०आँै बर्ष बाँचिसक्नुभयो, यस बखत तपाईका लाखैँ शिश्य बनिसकनु भयो अनि हजरँै त मुक्त पनि भैसके । तपाँईले गर्नुपर्ने सबै गरीसक्नु भयो त्यसकारण यो संसारबाट भौदिएपनि हुन्छ ।” भनी बार बार प्रार्थना गर्दछ । बुद्धले “मार अब तिम्रो त्यही ईच्छा चाहना छ भने म अबको तीन महिना पछि यो देह त्याग दिन्छु ।” यसरी आनन्दको बुद्धी नपुगेको कारणले गर्दा बुद्ध लामो समयसम्म बाँचेन्न । पछि भिक्षुहरुलाई सो कुरा थाहा हुदा आन्दलाई बुद्ध मर्नको दोष उनलाई लगाए ।
पछि भगवान बुद्ध कुशिनगरमा पुग्नुभई तीन महिना पश्चात आफ्नो देह त्यागे । आफ्नो देह त्याग्दा उनी महा समाधी अवस्थामा पुग्न पाए पाएनन् भन्ने कुरामा मत मतानतर पाईन्छ । किनकी महा समाधी अवस्थामा पुग्न ध्यान तपश्याको पुर्णता र तहगत एकाग्रता अभयास हुन अति जरुरी हुन्छ । भगवान बुद्ध र उहाका शिश्यलाई कुन्ना नाम गरेका व्यक्तिले खानाको लागी बोलाउछ्न । खाना बुद्धले पहिला खानुहुन्छ र उहाँको मुखा एक गाँस पर्ने वितिकै सबैलाई खाना नखान आग्रह गर्दछन् र त्यस स्थान बाट जाँदै गर्दा उनलाई पसीना आई शाररीक अशक्तता देखा पर्दछ । सबै भगवान बुद्धको शिश्यहरुलाई खानामा विष थियो भन्ने कुरा थाहा पाउदछन् । अत्याधिक रोगको चापका कारण भगवान बुद्ध त्यही स्थानमा आराम मुद्रामा बस्नुभयो ।
यास कुराको कुनै वास्तविक आधार छैन र कतिपयले यस कुरामा फरक मत राख्छन जस्तै, बदेलको मासुका कारण वा हुन सक्छ आफ्ना शिश्यहरु बोध ज्ञानले परिपक्क भएका कारण उहाँआफैले परिनिर्वाण लिनुभयो भन्ने मत पनि यदाकदा सुनिन्छ । जब भगवान बुद्ध परिनिर्वाण अवस्थामा पुग्नु भयो तब उहाँका शिश्यहरु उहाँका अगाडी बसे । त्यसै क्रममा एक जना सुभद्रा नामको परीभ्राजक आएर शरीर पुर्ण रुपमा सिथिल भएको अवस्थामा आएर भगवान बुद्धको वारेमा धेरै सुनेको र कुशिनगरमा आएको थाहा पाई उहाँको प्रवचन सुन्ने ईच्छा जाहेर गर्दछन भिक्षुहरुले रोक्दै गर्दा भगवान बुद्धले बोलाई अन्तिम पिडाको अवस्थामा पनि अरुको कल्याणको लागी उपदेश दिए । यसरी त्यस अन्तिम परीभ्राजक बुद्धका अमृतमय उपदेश सुनी मुत्त भईदिन्छन । तथागत भगवान बुद्धको महापरीनिर्भाण पछि उनको शरीर बाट निस्केका धातुहरु विभिन्न आँठ स्थानको स्तुपामा राखिन्छ , दर्शनमय बनाईन्छ ।
Source: Dr. Vikahananda (Manokranti Centre )