Friday, October 2, 2020

Dr BR. Ambetkar | डा.भिम राव अम्बेडकरका

 जीन्दगी महान हुनु पर्दछ लामो हैन  ।
                                                                — डा.भिम राव अमबेडकरका


झण्डै सय बर्ष अगाडीको कुरा हो । सानो छदा डा. भिम रावो अम्बेठगर स्कुलमा सुकुल लगेर जान्थे र ढोका वा झ्याल बाहिर बसेर भित्र चिहाउदै पढ्दथे । कारण उनी एक सुद्र (तल्लो जात)का थिए, कक्षामा भित्र बस्ने अनुमती थिएन । उनमा पढाई प्रतिको मोह, इच्छाशत्ति, रुची, र प्रतिभा अधिक थियो । उनी हरेक विषयमा बुद्धिमान थिए । एक दिनको कुरा हो उनलाई प्यास लाग्छ र पानी पिउन खोज्दा उनि माथी ढुङ्गा बर्सियो र कुटाई खाए । यसरी स्कुलमा पानी पनि पिउन नपाउने उनी अध्ययनशील क्षमता र पढाई प्रतिको लगाब भएकै कारण लण्डनमा पढ्न पाए । 

दुख दिनेहरुलाई कमजोर पार्ने मुर्खहरुको काम हो । बुद्धिमानले आफुलाई शत्तिशाली बनाउदछन् । 

गाईक्वार्ड राज खान्दानले स्पोनसर गरेका थिए उनलाई । उनले त्याँहा विध्याबारधी(पि.एच.डी) गरे । फर्केर उनले आफ्नै देशमा ठुला ठुला पदमा काम गर्न थाले । उनी ठुलै पदमा रहदा ठुला जात भनैदाहरुबाट विभिन्न लान्छना लगाउने र छुवाछुततको ब्यबहार गर्न छोडेन । दमन जारी थियो । 

जसरी बिउलाई माटोले दबाउदा शत्तिशाली भएर निस्कन्छ त्यसरीनै सम्भावना बोकेका मानिस दबाबमा परे भने अझ बढि शत्तिशाली भएर निस्कन्छ तर खोक्रा र सम्भावना विहिनहरु भने दबाब पर्नासाथ समाप्त हुन्छन ।

उनले सोचेहोलान म जति ठुलो पदमा भएता पनि, जतिनै ठुलो ओहदामा जागीर खाएता पनि दलीत जाति माथी हुने दमन, छुवाछुततको ब्यबहार मेटिने छैन। यसकालागी समाजको सोचमा परिवर्तन ल्याउनु पर्छ । यति कुरा राम्ररी बुभिसके पछि जागीर छोडेर आन्दोलनमा लागे ।

सामान्यतया ढुङ्गामा आगो हुदैन तर आगो निकाल्ने ताकत भने अवस्य हुन्छ ।

उनी एक नेताको रुपमा स्थापित हुन थाले । लाखैका संख्यामा उनको समर्थक उभिए । त्यसै बेला भारत ब्रिटिस औपनिवेश साम्राज्यबाद बाट स्वतन्त्र भयो । उनले कानुन पढेका कारण, र त्यससमय उनि जति कानुनको ज्ञाता कोहि पनि नभएको हुदा र एक भारतीय नेताका रुपमा स्थापीत भएका कारण महात्मा गान्धीले उनलाई त्यसबखत कानुन मन्त्रि बनाए । भारतको संबिधान निर्माणको चरणचलिरहदा उनको योगदान यति सम्म रह्यो कि उनि भारतको संविधान निर्माताको रुपमा चिनिए । अहिलेपनि भारतका सम्पुर्ण सरकारी कार्यलयहरुमा एका पट्टि महात्मा गान्धीको तस्वीर राखिन्छ भने अर्का पट्टि उनै डा.भिम राव अमबेडकरको ।

खुदी को कर बुलंद इतना के हर तकदीर से पहले खुदा बन्दे से खुद पूछे के बता तेरी रजÞा क्या हैू ।

उनी कुनैबेला एक कमजोर जातका थिए, त्यसैकारण थुप्रैपटक हेपिदै हेपिदै आएका थिए । उनै डा.भिम राव अमबेडकर अन्त तः भारतको संविधानको निर्माताका रुपमा स्थापित भए ।

प्रेरणा ः अरुले थिच्नु भनेको समाप्त हुनु हैन ।

Source : Dr. Yogi Vikashananda, Manokranti Centre.




Wednesday, September 30, 2020

प्यासी आन्नद र दलित युवती

प्यासी आन्नद र दलित युवती 



गौतम बुद्ध र आनन्द कुनै एउटा गाउँको बाटो हुँदै यात्रा गरिरहेका थिए । बाटोमा उनका शिष्य, भिक्षु आनन्द लाई प्यास लाग्यो । 

उनी कुवाको नजिकै पुगे र पानी भरिरहेकी युवतीसँग पानी मागे । युवतीले भनिन्- 'म अछूत हुँ, त्यसैले भिक्षु लाई पानी दिन सक्दिनँ । 

आनन्दले उत्तर दिए- "मैले पानी दिनका लागि भनेको हुँ, जात सोधेको होइन । भगवान बुद्धले सबैलाई मानव सम्झेर जाति का भेदभाव बाट माथि उठ भनेर हामीलाई शिक्षा दिनुभएको छ ।

आनन्दका कुरा बाट युवती प्रभावित भइन् र भगवान बुद्ध को शिष्या बनिन् ।

Tuesday, June 9, 2020

बुद्धको रहस्यमय परिनिर्वाणकाे कारण

भगवान बुद्धको परिनिर्वाणकाे कारण के  थियाे?
एकजना मान्छे मुत्त हुनु, बुद्ध हुनु, संयक संबुद्ध हुनु भन्नु नै सर्व गुण बाट सम्पन्न हुनु हो । उनको आफ्नो ईच्छा केहि पनि हुदैन, तर अरुका हितका लागी जे पनि गर्न सक्छन, जति पनि उमेर लम्बाउन सक्छन्, बाँच्न सक्छ । किनकि बुद्ध पुरुष हुनु भनेको प्रकृतिसँग एकाकार भई प्रकृतिलाई नियन्त्रण गर्न सक्नु पनि हो । प्रकृतिमा भएको सबै सक्ति उनमा हुनु हो । यो कुराको संकेत बुद्धले आनन्दलाई बेला बखत दिईरहेका हुन्थे । आनन्दले लोक कल्याणकालागी तपाई कल्पौकल्पसम्म बाँच्नुहोस भनी प्रार्थना (विन्ती)गरेनन् । जो बुद्ध संग ४५ बर्ष बस्दा पनि बुद्ध प्रतिको आशत्त र समर्पीत भएकै कारण मुक्त नभएका, धेरै कुरा नबुझेका र ज्ञान पाईरहेका थिएनन् । उनकालागी गुरुप्रतिको आशत्ती बोधिज्ञान लाभ गर्न समस्या बनिरहेको थियो । अन्ति पल्ट बैशालीमा भन्दा एक मारले(दुष्ट) बुझी बुद्धलाई विन्ती गर्छन् “हे प्रभु तपाई ८०आँै बर्ष बाँचिसक्नुभयो, यस बखत तपाईका लाखैँ शिश्य बनिसकनु भयो अनि हजरँै त मुक्त पनि भैसके ।  तपाँईले गर्नुपर्ने सबै गरीसक्नु भयो त्यसकारण यो संसारबाट भौदिएपनि हुन्छ ।” भनी बार बार प्रार्थना गर्दछ । बुद्धले “मार अब तिम्रो त्यही ईच्छा चाहना छ भने म अबको तीन महिना पछि यो देह त्याग दिन्छु ।” यसरी आनन्दको बुद्धी नपुगेको कारणले गर्दा बुद्ध लामो समयसम्म बाँचेन्न । पछि भिक्षुहरुलाई सो कुरा थाहा हुदा आन्दलाई बुद्ध मर्नको दोष उनलाई लगाए । 
पछि भगवान बुद्ध कुशिनगरमा पुग्नुभई तीन महिना पश्चात आफ्नो देह त्यागे । आफ्नो देह त्याग्दा उनी महा समाधी अवस्थामा पुग्न पाए पाएनन् भन्ने कुरामा मत मतानतर पाईन्छ । किनकी महा समाधी अवस्थामा पुग्न ध्यान तपश्याको पुर्णता र तहगत एकाग्रता अभयास हुन अति जरुरी हुन्छ । भगवान बुद्ध र उहाका शिश्यलाई कुन्ना नाम गरेका व्यक्तिले खानाको लागी बोलाउछ्न । खाना बुद्धले पहिला खानुहुन्छ र उहाँको मुखा एक गाँस पर्ने वितिकै सबैलाई खाना नखान आग्रह गर्दछन् र त्यस स्थान बाट जाँदै गर्दा उनलाई पसीना आई शाररीक अशक्तता देखा पर्दछ । सबै भगवान बुद्धको शिश्यहरुलाई खानामा विष थियो भन्ने कुरा थाहा पाउदछन् । अत्याधिक रोगको चापका कारण भगवान बुद्ध त्यही स्थानमा आराम मुद्रामा बस्नुभयो । 
यास कुराको कुनै वास्तविक आधार छैन र कतिपयले यस कुरामा फरक मत राख्छन जस्तै, बदेलको मासुका कारण वा हुन सक्छ आफ्ना शिश्यहरु बोध ज्ञानले परिपक्क भएका कारण उहाँआफैले परिनिर्वाण लिनुभयो भन्ने मत पनि यदाकदा सुनिन्छ । जब भगवान बुद्ध परिनिर्वाण अवस्थामा पुग्नु भयो तब उहाँका शिश्यहरु उहाँका अगाडी बसे । त्यसै क्रममा एक जना सुभद्रा नामको परीभ्राजक आएर शरीर पुर्ण रुपमा सिथिल भएको अवस्थामा आएर भगवान बुद्धको वारेमा धेरै सुनेको र कुशिनगरमा आएको थाहा पाई उहाँको प्रवचन सुन्ने ईच्छा जाहेर गर्दछन भिक्षुहरुले रोक्दै गर्दा भगवान बुद्धले बोलाई अन्तिम पिडाको अवस्थामा पनि अरुको कल्याणको लागी उपदेश दिए । यसरी त्यस अन्तिम परीभ्राजक बुद्धका अमृतमय उपदेश सुनी मुत्त भईदिन्छन ।  तथागत भगवान बुद्धको महापरीनिर्भाण पछि उनको शरीर बाट निस्केका धातुहरु विभिन्न आँठ स्थानको स्तुपामा राखिन्छ , दर्शनमय बनाईन्छ ।

Source: Dr. Vikahananda (Manokranti Centre )

Thursday, June 4, 2020

Just do what makes you happy!! Really?


Someone often thinks "what people will say. We've forgotten to live our own life. We must do whatever we want and that’s what will let us be in real happiness. We need to breadth at the moment with a smile. Trying to make others happy is worthless."

Are you the one who's agreed to it? There are even some sayings and perceptions you may be correct but not in another way. I assume it as a half right. If you thinking full right that means you are being selfish. It may destroy the world like the Kerala incident of May 2020. I meant to say just be human.

There is a saying"everyone wants to go heave, but no one wants to die."

Everyone in this world is similar in a sense everyone wants to be happy. No one wants to be in pain and suffering. Not even the smallest creature to the biggest living being in the world. The question "Is it right?" before acting something.

So if you are happy Keep dancing and if not start dancing.

Monday, June 1, 2020

जीवनमा हार तब मात्र मान्नु जब तिमीले कसैलाई जिताउनु छ ।
जीवन एक लामो गन्तव्य हो । जीवनमा दुःख, पिडा र संघर्षका कथा, व्यथाहरु सबैको जीवनबाट सुन्न र सुनाउन सकिन्छ । भोगेका र सुनेका ती कुराहरुबाट हामीले जीवनमा के सिक्यै त भन्ने कुरा सदैब महत्वपुर्ण रहि रहन्छ । जीवन गतिशील छ र त अघि बडिनै रहन्छ । हामीले हाम्रा पाईलाहरु निरन्तर रुपमा अघि सारीरहै र नयाँ पाठहरुको अनुभव गरिरहौ ।
यसो भन्नुको तात्पर्य के हो त भन्दा जीतनुमात्र सबै कुरा हैन । जतिनै बाधा अडचन आईरहदा पनि जीवनमा हाम्रा पाईलाहरु रोक्ने र जीवनको लक्ष अनत्य गर्ने हैन । जीवनमा धैर्यता र साहस हुनुपर्छ । जीवनका लक्ष्यलाई अन्तीमसम्म पु¥याउनुपनि एक साहसीको पहिचान हो ।
यदि कतै अपठ्याराहरु आईहाले भनेपनि आफ्नो बाटो मोड्ने हैन कि केहि समय रोकिने अनि आरामका साथ नयाँ आँट, भरोसा, जोस र जाँगर सहित पण नयाँ सिकाईको खोजीमा लाग्नु नै जीवनको मुल उद्धेश्य हुनु पर्दछ ।

"If you get tired learn to rest, not to quit."


Recently Updated

Dr BR. Ambetkar | डा.भिम राव अम्बेडकरका

 जीन्दगी महान हुनु पर्दछ लामो हैन  ।                                                                 — डा.भिम राव अमबेडकरका झण्डै सय बर्ष अग...