C/p
काठमाडौं उपत्यकालाइ यम्बु नामकरण कसरी भयो भन्ने बारे सानो भनाइ हिजो राखेको थिए अब तामग बाट तामाङ कसरी भयो र दिब्य उपदेश भनेको के हो थोरै भनाइ राख्न चाहान्छुयम्बुमा तामगहरुको बस्तीको साथसाथै यम्बुको वरिपरि १२ अोटा शक्तिशाली राज्यहरु थिए जसलाई पृथ्वीनारायणशाहाले अनेकौं तवरले जित हासिल गर्दै एकीकरण गर्नुभयो । अाफ्नो राज्य गुमाएकोमा अक्रोसित थिए तामगहरु , यदि यी १२ अोटा राज्यको तामगहरु एकता भयो भने अाफु हारिने हुदा पृथ्वीनारायण शाहाले दिब्य उपदेश बनाए । हामी अ...हिले संविधान भन्छौ त्यतिबेला दिब्य उपदेश भनिन्थ्यो , अथवा दिब्य उपदेश भनेको संविधान हो । त्यो दिब्य उपदेशमा जनजातिको नाम राखियो र हामी समुदाय भन्छौ उनिहरुले जात भन्ने गरियोको थियोे अब जातहरु मध्ये तामग जात अलि शक्तिशाली भएको हुदा सबैभन्दा पहिला यो जातलाई दबउनुपर्छ अथवा शक्तिहिन बनाउनुपर्छ भनेर अग्रस्थानमा राखियो । कुनै पनि समुदायलाई दबउनको लागि उसको अार्थिक , सस्कृती , शिक्षा अादिबाट बन्चित गराउनुपर्छ भनेर लेखियो र फलस्वरूप तामगहरुलाई पिउन भन्दा माथिको पद नदिने र बिस्तारै शिक्षाबाट पनि बन्चित गरियो साथसाथै ब्रिटिस अार्मी देखि लिएर कहि कतै पनि जागिर खान नपाउने नियम बनाए हुदाहुदा अब तामग लेख्न पनि नपाउने नियम बनाए , त्यसपछि कसैले लामा , कसैले भोटे त कसैले मृर्गु पनि लेख्न थालियो , पछि वीर शमशेरको पालामा तामगहरुको ईमान्दारीता देखेर वीर शमशेरले १९८९ भदौ ६ गतेका दिन तिमीहरू अाजदेखि तामग लेख्न सक्छौ भनेर भन्दिनुभयो । अनि तामगहरु खुशी भए तर बिडम्बना अाफ्नो जातको पढेको मान्छे त छैन , शिक्षाबाट बन्चित गरिएको थियो तसर्थ अाफ्नो नामको पछाडि तमाग लेखाउनको लागि अार्य बाहुनकोमा जानुपर्ने बाध्यता भयो र गए उनिहरुले तामग नै भनेका थिए तर ती लेख्ने मान्छेले उच्चरणमा सजिलो हुन्छ भनेर तामाङ लेखिदिए यसरी तामगबाट तामाङ भएको भनिन्छ । हामी तामग ( तामाङ ) नै हो तसर्थ लामा लेख्नेहरुले पछाडि तामाङ लेख्नु भनिएको हो तर लामा , तामाङ जे लेखेपनि हामी एउटै हो , तर मेरो बुझाईमा चाहिँ लामाको पछाडि थर चाहिँ लेख्दा राम्रो होला कि जस्तो लाग्छ ।
लेखक - फिरोज लामा गोङ्बो
सभार - कुमार मोक्तान तामाङ
सल्लाहकार तामाङ प्रवास कतार
सहयोगी - Somar Blon
Wednesday, November 15, 2017
काठमाडौं उपत्यकालाइ यम्बु नामकरण कसरी भयो
Subscribe to:
Posts (Atom)
Recently Updated
Dr BR. Ambetkar | डा.भिम राव अम्बेडकरका
जीन्दगी महान हुनु पर्दछ लामो हैन । — डा.भिम राव अमबेडकरका झण्डै सय बर्ष अग...

-
प्यासी आन्नद र दलित युवती गौतम बुद्ध र आनन्द कुनै एउटा गाउँको बाटो हुँदै यात्रा गरिरहेका थिए । बाटोमा उनका शिष्य, भिक्षु आनन्द लाई प्यास ला...
-
भगवान बुद्धको परिनिर्वाणकाे कारण के थियाे? एकजना मान्छे मुत्त हुनु, बुद्ध हुनु, संयक संबुद्ध हुनु भन्नु नै सर्व गुण बाट सम्पन्न हुनु हो ।...
-
Tulku Losang Namgyal Rinpoche was born in 1970 in Morea, Raniban VDC ward no.-4, Okhaldhunga to mother Man Maya Tamang and father ...