प्यासी आन्नद र दलित युवती
गौतम बुद्ध र आनन्द कुनै एउटा गाउँको बाटो हुँदै यात्रा गरिरहेका थिए । बाटोमा उनका शिष्य, भिक्षु आनन्द लाई प्यास लाग्यो ।
उनी कुवाको नजिकै पुगे र पानी भरिरहेकी युवतीसँग पानी मागे । युवतीले भनिन्- 'म अछूत हुँ, त्यसैले भिक्षु लाई पानी दिन सक्दिनँ ।
आनन्दले उत्तर दिए- "मैले पानी दिनका लागि भनेको हुँ, जात सोधेको होइन । भगवान बुद्धले सबैलाई मानव सम्झेर जाति का भेदभाव बाट माथि उठ भनेर हामीलाई शिक्षा दिनुभएको छ ।
आनन्दका कुरा बाट युवती प्रभावित भइन् र भगवान बुद्ध को शिष्या बनिन् ।